कोरोना भाइरसको डरका कारण मकवानपुरका होटल व्यवसायमा असर

हेटौंडा/ विगत एक महिनादेखि चीनबाट फैलिँदै संसारका ६० भन्दा बढी मुलुकमा पुगेको संक्रमणका कारण घटेको आर्थिक गतिविधिको असरले नेपाली होटल र पर्यटन व्यवसायमा पनि अस्तव्यस्त पु¥याएको छ ।
बागमती प्रदेशको राजधानीसँगै विभिन्न मकवानपुर जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य सुनसान हुन थालेका छन् । अघिल्लो वर्षहरुमा भारतीय पर्यटकको आगमन हुने गरेको थियो । भारतसंगै विभिन्न मुलुकबाट आउने पर्यटकको संख्या नै कम भएपछि यतिखेर जिल्ला भर संचालित होटलको अवस्था निकैनै दहिनय अवस्थामा रहेको होटल व्यवसायीहरुले बताएका छन् ।
करिब दुई महिना अघि भिजिट नेपाल २०२० लाई लक्षित गरेर सुर्यान्यस होटल खुलेको थियो । अनोमल होटल रहेको उतm स्थानमा थप तीन करोड लगानी गरि सुर्यान्यस होटल सञ्चालनमा ल्याएको होटल एक महिना त राम्रोसंग चल्यो सञ्चालक निपु सरादले बताए ।
पर्यटक आगमनसंगै आम्दानी हुने सोच थियो तर योजना अनुसार आफ्नो काम हुननसकेको सरादले गुनासो गरे । हामीले सुरुवातमा होटलको लागि भनेर ३० जना कर्मचारी राख्ने सोच भएता पनि अहिले १५ जना मात्र कर्मचारी छन् त्यो पनि त्यति धेरै काम हँदैन् । सरादका अनुसार, बैंकको किस्ता तिर्नलाई होटलको आम्दानीले नधान्ने बताए । भिजिट नेपाल कार्यक्रमले ५० लाख साँवानै उठाउने लक्ष्य लिएको हामीले कोरोना भाइरसले निकै असर पारेको बताए ।
जिल्लामा रहेको भैसे, इन्द्रसरोवर, चित्लाङमा र दामन लगायतको ठाँउमा नयाँ—नयाँ होटल समेत खुलेको थियो तर कोरोना भाइरसको प्रभावले गर्दा होटल ठप्प छ । अहिले रहर र स्वतन्त्र पुर्वकले घुम्न आउने पर्यटकभन्दा पनि कर र जबरजस्ति आउने पर्यटकमात्र होटलमा आउने गरेको होटल एसोशिएसन मकवानपुरका अध्यक्ष शंकर लाल श्रेष्ठले दुखासो पोखे । श्रेष्ठल भन्छन्, भिजिट नेपाल वर्ष २०२० मा मकवानपुरमा मात्रै करिब पाँच लाख पर्यटक आउने योजना हामीले राखेका थियौं, अब अहिले एक लाख पर्यटक पनि नपुग्ने अवस्थामा रहेको छ ।
यतिखेर केहि आन्तारिक पर्यटक र केहि बाह्य पर्यटक करिब पाँच प्रतिशतको दरको संख्यामा रहेको छ । भारतीय पर्यटकको मात्र आवागमन हुने यस जिल्लामा बोडर बन्द गर्दिएसंगै, त्यो पनि न्युन संख्यामा छ । सभा, सम्मेलन र भेल गर्न पनि रोक लागेपछि होटल व्यवसायको स्थिति अझ नाजुक गएको छ ।
होटल एभोकाडोका सञ्चालक भागिरथ शर्मा भन्छन्, कोरोनाका कारण व्यवसायी निकै अप्ठ्यारोमा परिरहेको छ । भुकम्पले भन्दा पनि यस रोगको संक्रमणको कारणले गर्दा निकै घाटा पु¥याउने शर्माको भनाई छ । यहाँ हेटौंडामा बाह्य पर्यटकभन्दा पनि आन्तारिक पर्यटकको समेत चहलपहल कम भएको शर्माले बताए । दैनिक एक—एकवटाको दरले कार्यक्रम नछुट्न होटलको हलहरुमा अहिले त्यो हल समेत ठप्प रहेको शर्माले गुनासो गरे । कार्यक्रम, सभा तथा भेला समेत हुन थालेपछि हाम्रो व्यवसायी झन खस्किदै गएको उनले बताए ।
पछिल्लो समय सरकारले अनअराइभल भिसामा रोक, भ्रमण वर्ष स्थगित, उडान प्रतिबन्ध लगायतको निर्णय गर्दै गर्दा पर्यटनसँग आबद्ध कुनै पनि क्षेत्रको मर्काप्रति ध्यान दिन जरुरी रहेको अध्यक्ष श्रेष्ठले बताए । यो विश्वव्यापी रूपमा फैलिएको महामारीको प्रभाव हाम्रो जिल्लामा पनि पर्ने कुरामा जानकार छौ ं। तर निर्णय गर्दा निकट भविष्यमा आइपर्ने असरको समाधानको विकल्प सरकारले दिनुपर्ने बताए ।
भिजिट नेपालकै लागि भनेर कतिपय होटलहरुले रङरोग गरे, फर्निचरका सामान तथा कर्मचारी समेत थपे तर भने अनुसारको होटल भने सञ्चालनमा आउन नसकेको उनले बताए । राज्यले माहोल नबनाईदिएको पनि होइन तर पनि अब होटल व्यवसायमा निकट भविष्यमा आइपर्ने असर तथा चुनौतीहरुलाई सरकारले ध्यान दिनुपर्ने श्रेष्ठले बताए ।
बैंकको ऋण लिएर चलाइएका धेरैजसो होटल बन्द हुने अवस्थामा नपुग्ला भन्न्े छैन् । प्राय होटल बैंकको लोन लिएर संचालित छन् । अब पर्यटक नै नभएपछि होटल कसरी चल्लान ? समयमा ब्याज तिरिएन भने बैंकले कालोसूचीमा नराख्लान् भन्न सकिँदैन । सरकारले हामीलाई यो कुराबाट बचाउन आवश्यक छ रहेको श्रेष्ठको भनाई छ । बाहिरबाट पर्यटकको आवगमनमा गिरावट आएपछि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने बेला आएको उनले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार, मकवानपुर जिल्लामा करिब दुईसयको हाराहारीमा होटल रहेको छ । त्यसमा एकसय ४४ हेटौंडा उपमहानगरपालिकामै रहेको छ । भिजिट नेपाल २०२० मा करिब पाँच करोडको लगानी लक्ष्य समेत एसोशिएसनले राखेको थियो ।