बागमती प्रदेशसभा बैठकमा स्थानीय पदाधिकारीको सेवा सुविधाको विधेयक छलफको लागि पेश

जनपत्र
४ चैत्र २०७६, मंगलवार १९:३६

हेटौंडा/ बागमती प्रदेशसभाको आज बसेको प्रदेशसभा बैठकमा स्थानीय पदाधिकारीको सेवा–सुविधाको व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ लाई प्रदेश मामिला समितिमा छलफलको लागि पठाउन पेश गरिएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले उक्त विधेयकलाई प्रदेश मामिला समितिमा दफावार छलफलको लागि पठाउन पेश गर्नुभएको हो ।

प्रदेशसभाको अर्को बैठक भोली चैत्र ५ गते बुधबार बिहान ११ बजेको लागि बोलाएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*