कोरोना भाइरसलाई देखाएर सरकारको काम रोक्नुपर्ने अवस्था छैन–मन्त्री जमकट्टेल

जनपत्र
४ चैत्र २०७६, मंगलवार १९:१८

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले कोरोनाबाट आत्तिनुपर्ने अवस्था नेपालमा अहिले सम्म नभएको वताउनुभएको । कोरोनाबाट नेपालमा संक्रमण नभएकाले आत्तिएर सरकारका कार्यक्रम नरोक्न पनि आग्रह गर्नुभयो ।

बागमती प्रदेशको प्रदेश विपद् व्यावस्थापन समितिको आज हेटौंडामा आयोजित वैठकमा उहाँले यस्तोकुरा वताउनुभएको हो । विश्वमा पनि कोरोनाबाट धेरै संक्रमित नरहेको वताउँदै उहाँले भन्नुभयो–‘अव आफ्नो कोरोनाका कारण सरकारको काम रोक्नु भएन । कोरोना देखिएको छैन । सवै कार्यक्रम रोकेर मात्र के गर्ने उहाँले प्रस्न गर्नुभयो ।

संञ्चार माध्यमलाई प्रयोग गरेर यसका बारेमा सचेतना अपनाउन उहाँले सुझाव दिनुभयो । कोरोनालाई देखाएर कालोवजारी गर्न दिन नहुने वताउनुभयो । नेपालमा यसबाट आत्तिनुपर्ने अवस्था नरहेकाले सचेत रहन भने आग्रह गर्नुभयो । नेपालमा डेंगुरोगबाट मात्र समस्या रहेको उहाँले वताउनुभयो ।

बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट बेलैमा सचेत रहनका लागि तयारी गरिएको छ । यसका बारेमा जानकारी गराउँदै आवस्यक तयारी थाल्नका लागि वैठक वसेको हो ।

कोरोनाको तयारी अनुसार हाल प्रदेश आपुर्ति केन्द्र हेटौंडामा यसका लागि केही सामाग्री पनि स्टक राखिएको छ । केन्द्रमा २५ सेट पीपीएफ, एन ९५ मास्क एक सय ५० थान, २ हजारवटा सर्जिकल मास्क, थर्मल स्क्यानर ५ वटा राखिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा भएको वैठकमा सहभागिहरुले कोरोनाबाट वेलैमा सवैलाई सचेत गराउने खालका कार्यक्रम लैजानुपर्ने वताएका छन् ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोद प्रकास सिंह, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिबकुमार वाग्ले, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*