हेटौंडाको चिल्ड्रेनपार्कमा नमुना सडक निर्माण गरिदै

जनपत्र
४ चैत्र २०७६, मंगलवार १५:५९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर–४ चिल्डे«नपार्कमा नगरविकास क्षेत्रको नमुना सडक निर्माण गर्न सुरु गरिएको छ । यसक्षेको एक हजार ३ सय मिटरमा सडक पीच, नाली निर्माण, पानीको लाइन सहित सडक पेटी निर्माणको आज सुरुवात गरिएको हो ।

सवै पूर्बाधारका कामको शिलान्यास गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विकासको काम गर्न पैसाको अभाव हुन नदिने वताउनुभयो । हेटौंडा ४ कै सुविधा सम्पन्न सडक निर्माणका लागि आफुहरु लागिपरेको मेयर महतले वताउनुभयो ।

विकासका काम गर्न प्रदेशका मुख्यमन्त्री र आफु एक मत भएर लागिपरेको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले यस वडामा धेरै वाक्लो वस्ति भएकाले यस अनुसार पूर्वाधार विकासका कामलाई वढी प्राथमिकता दिएको वताउनुभयो ।

उपमहानगरपालिकाको ८० लाख रुपैयाँ लागतमा चिल्डे«नपार्क क्षेत्रमा काम सुरु गरिएको छ । कुल दुई करोड ५० लाख रुपैयाँ लागतमा मात्र काम सकिने छ । तर, अहिलेनै काम सुरु गरिएको हो ।

हेटौंडा ११ डाङ्डुगेमा सडक फराकिलो वनाउन सुरु गरिएको छ । साधुरो सडक भएकाले फराकिलो वनाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । फराकिलो वनाउने कामसंगै सडकको स्तरउन्नतीको काम पनि सुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*