मकवानपुरको भीमफेदी घैयाबारीमा पहिलो पटक सडक

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ घैयाबारी र तल्लो ज्यामिरेमा पहिलो पटक सडक पुगेको छ । भीमफेदी गाउँपालिकाको लगानीमा यस क्षेत्रका किसानलाई सहज होस भन्ने उदेस्यले सडक निर्माण गरिएको हो । भीमफेदी ६ अम्लिङ बाह्रवीसे देखि भीमफेदी ५ घैयाबारी सम्म जोड्ने सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो ।
गाउँपालिकाको ३० लाख रुपैयाँ लागतमा कृषि सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछी यस क्षेत्रका एक सय ५० परिवारलाई प्रतक्ष रुपमा फाइदा पुगेको अध्यक्ष लामाले वताउनुभयो । सडक नहुँदा किसानले उत्पादन गरेको तरकारी, फलफुल, अन्नपात वजार सम्म ल्याउनका लागि समस्या भएको थियो । अव भने सहज भएको छ । सडक निर्माण भएपछी स्थानीय वासिन्दाहरु खुसी भएका छन् । यसक्षेत्रका वासिन्दालाई आफ्ना उत्पादन बिक्री गर्ने कामसंगै बवारबाट दैनिक उपभोग्य सामान गाउँसम्म लैजानका लागि थप सहज भएको छ ।