‘परदेशी २’ मा दीलिपको इन्ट्री, सपुत लेख्छन्, ‘विश्वास नै लागेको छैन’

जनपत्र
४ चैत्र २०७६, मंगलवार ०६:२०

कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै सपुतले लेखेका छन्, ‘बोल माया’ र ‘गलबन्दी’ गीतको यो सिन र डाइलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिएँ । म वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय ९आइडल० हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु ।’

उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको पनि लेखेका छन् । उनी लेख्छन्, ‘आज शुटिङ भइरहदा पनि घरी(घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी रु कि म गहिरो निन्द्रामा छु र मिठो सपना देखिराछु रु हँ रु’ अभिनेता दीलिप रायमाझीले पनि ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*