डिभीजन वन मकवानपुरका प्रमुख इमनाथ पौडेलद्वारा कानून विपरीत टेलिफोन कुराकानी सार्वजनिक

जनपत्र
३ चैत्र २०७६, सोमबार १२:०१

हेटौंडा । डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले कानून विपरीत आफुसंग भएको टेलिफोन कुराकानी बाहिर सार्वजनिक गरेका छन् । कानूनको कार्यान्वयन गरेको भनेर खोला उत्खनन्मा रोक लगाउने पौडेलले कानून विपरित टेलिफोन कुराकानी सार्वजनिक गरेका हुन् ।

उत्खनन् गरेर सडक निर्माण गरिरहेको वताउने पौडेलले कानूनको धज्जी उढाउँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसंग गोप्य रहेको टेलिफोट कुराकानीलाई सार्वजनिक गरेका छन् । कानूनत व्यक्तिसंग गरिएको कुराकानी अनुमती विना रेकर्ड गर्न पाइदैन । तर, अनुमतीविना रेकर्ड गरेको कुराकानी सामाजिक सञ्जाल, मिडिया र आम नागरिकका मोवाइलमा पौडेलले पठाएका हुन् । व्यक्तीगत टेलिफोन कुराकानी वाहिर सार्वजनिक गर्नु कानून विपरित भएको मकवानपुरका अधिवक्ता धुर्वप्रसाद चौलागाई वताउनुहुन्छ । ब्यक्तिसंग गरिएको कुराकानी विना अनुमती सार्वजनिक गर्नै नहुने चौलागाई वताउनुहुन्छ ।

कानूनमा कसैले दुई वा दुई भन्दा वढी व्यक्तिहरुका विचमा भएका कुनैकुरा अधिकार प्राप्त अधिकारीको अनुमतीले वा त्यसरी कुरागर्ने व्यक्तिको मन्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अंकन गर्नुहुँदैन ।

समन्वय समितिमा आफै सहमती गर्ने अनी अडियो सार्वजनिक

हेटौंडा उपमहानगरपालिका कार्यालयको लोडरले हेटौंडा १८ को खोलामा खनेको विषयमा जिल्ला समन्वय समिति मकवानपुरमा सहमती भइसकेपछी डिभीजन वन प्रमुख पौडेलले टेलिफोन कुराकानी सार्वजनिक गरेका छन् । समन्वय समिति मकवानपुरमा अव आइन्दा आईई नभएको क्षेत्रमा खन्न नहुने, सरकारी सवारीका साधनलाई छोडिने सहमती आफै वसेर गएपछी कुराकानी सर्वाजनिक गरिएको हो ।

मिलेर गरेमा जे पनि गर्न सकिन्छ भन्ने डिएफओको अभिब्यक्ति

डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले सार्वजनिक गरेको अडियो रेकर्डमा उपमहानगरपालिका, वन, जिल्ला समन्वय समिति लगायतकाको मिलेमहतोमा भने जे पनि गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गर्ने, व्यावस्थापन गर्ने, राजस्व संकलन गर्ने सवै अधिकार स्थानीय तहको अधिकार हो । तर, वन प्रमुखको अभिव्यक्तिमा मिलेमतोमा जे पनि गर्न सकिन्छ भन्ने आसय देखिएको छ । त्यही अडियो रेकर्डमै यसअसघ आफुले अवैध भएपनि खोला खन्न दिएको अभिव्यक्ति उल्लेख छ । सवैको समन्वयमा कानून विपरित जान सक्ने वन प्रमुखको आसय प्रति सवैले संका गरेका छन् । अबैध काम पनि मिलेर गरौ भन्ने वन प्रमुखको आसय देखिएको छ । सवै मिलेमा कानून छल्न सक्ने आसय पौडेलको छ ।

जनप्रतिनिधि जुधाउने, आफु चोखिने

डिभीजन वन कार्यालय मकवानपुरका प्रमुखको रुपमा आइसकेपछी डिभिजन वन प्रमुख इमनाथ पौडेलले यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका विकासको काममा अवरोध गर्दै आएका छन् । आफुले वनमा कानून विपरित काम गर्दा सवै ठिक, अरुले गर्दा सवै वेठिक भन्ने तरिकाले काम गर्न थालेका छन् ।

यसअघि मकवानपुरगढी गाउँपालिकामा सडक निर्माण गरिरहेको व्याकहो लोडर नियन्त्रणमा लिएर विकासको काममा अवरोध श्रृजना गरेका वन प्रमुखले मकवानपुरका जनप्रतिनिधि भन्दा आफु माथी हुँ भन्ने तरिकाले काम गर्न थालेका छन् । व्यक्तिगत कुराकानी अनुरोधलाई वग्गाएर फेरी अर्का जनप्रतिनिधिकहाँ पुरयाउने, अर्काको कुरा अर्कामा लगाउने काम गर्दै आएका छन् । मकवानपुरका सवैजसो जनप्रतिनिधिलाई जुधाएर आफ्नो अभिष्ट पुरा गर्न लागेका छन् । उपमहानगरपालिकाका मेयर महतसंग भएको कुराकानी पनि अडियोनै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालाई पठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*