कोरोना आशंका गरिएका बुटवलका युवाकाे रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस संक्रमणको आशंका गरिएका बुटवलका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ। २१ वर्षका ती युवामा कडा खालको निमोनिया देखिएको र उनको सम्पर्कका कारण कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंका चिकित्सकहरूले गरेका थिए।
सोहीअनुसार उनको नमुना परीक्षण गर्दा संक्रमणको पुष्टि नभएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए। केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको संक्रमण नभएको पुष्टि गरेको उनले बताए। उनले काठमाडौँबाट टेलिफोनमार्फत बेलुका जानकारी पाएको बताए।
उनका अनुसार ती युवाको स्वास्थ्यमा सुधार भइरहेको छ। ती दिनअघि भर्ना गरिएका युवामा कोरोना संक्रमणको आशंकामा आइसोलेशन बेडमा राखेर उपचार थालिएको थियो।