काेराेनाबारे सरकारकाे तयारी : नाकामा मान्छेको आवात जावत नै रोक्नेसम्मको रणनीति

जनपत्र
३ चैत्र २०७६, सोमबार ०६:२७

सरकारले अति आवश्यक कामबाहेक अरु समयमा नाकामा आवात जावत बन्द गर्नेसम्मको रणनीति अपनाउने भएको छ ।कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण नेपाल प्रवेश गर्न नदिन नाकामा आवात जावात बन्द गर्ने रणनीति अपनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले टेकु अस्पतालमा भए जस्तै सात वटै प्रदेशमा परीक्षण प्रयोगशाला बनाउने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्दा ढिलाइ हुने भएकाले फास्ट ट्र्याकमार्फत मास्क ९मुखावरण० लगायत आवश्यक सामग्री किन्ने निर्णय पनि गरेको छ ।

सङ्घ, प्रदेश र पालिकाबीचको छलफललाई नियमित गर्ने र आपूर्तिलाई पनि सहज बनाउने निर्णय भएको बैठकमा सहभागीहरुले बताएका छन् । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीले कोरोना सङ्क्रमणको आवश्यक व्यवस्थापनका लागि केन्द्र सरकारलाई नै पहल गर्न आग्रह गरेका थिए । अहिलेसम्म अवस्था ठिकै रहेको तर सङ्क्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुनेतर्फ मुख्यमन्त्रीहरुले केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् । बैठकमा समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित मन्त्रीहरु, ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

सरकारले कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेशका मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई पनि काठमाण्डौ बोलाएको हो । बैठकमा गण्डकी र प्रदेश २ का मुख्यमन्त्री भने सहभागी हुनुभएको छैन । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*