करिब ८० हजार मास्कसहित ८ जना पक्राउ

जनपत्र
२ चैत्र २०७६, आईतवार ०७:०१

महँगोमा बेच्न लागिएको करिब ८० हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले शनिबार राजधानीको डल्लुबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ७८ हजार २ सय ५० वटा सर्जिकल मास्क बरामद गरिएको छ।काठमाडौं प्रहरी परिसरका अनुसार मञ्जुश्री सप्लायर्सका मालिक र औषधि पसलमा पुर्‍याउने मध्यथस्कर्ताबीच ३र४ रुपैयाँ पर्ने मास्क बजारमा ५० रुपैयाँमा बेच्ने गरी मोलमोलाइ भइरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ, काठमाडा‌ैं नागार्जुन–२ का अनिश कार्की, उज्ज्वल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का छन्।
‘कान्तिपुर अनलाइनबाट’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*