‘आमा’ निर्मात्रीको दाबीः ‘लगानी सुरक्षित भयो’

जनपत्र
२ चैत्र २०७६, आईतवार ०६:४७

फागुन ९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र के। खनाल निर्देशित फिल्म ‘आमा’ शुक्रवारबाट चौथो हप्तामा प्रवेश गरेको छ । योसँगै प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ हलबाट उत्रिसकेको अवस्थामा ‘आमा’ ले भने चौथो हप्तामा पनि पर्याप्त हल पाएको छ । त्यस्तै, मल्टीप्लेक्सहरुमा पनि फिल्मले राम्रो सोज प्राप्त गरेको छ । तर, केही दिनयता भने हलमा फिल्म हेर्ने दर्शक न्यून छन् ।

कोरोना भाइरसको त्रासका कारण फिल्म हेर्न हलमा दर्शकको उपस्थिति पातलिँदै गए पनि चौथो हप्तासम्म आइपुग्दा ‘आमा’ ले आफ्नो लगानी सुरक्षित गरेको निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । डिएस डिजिटलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘चौथो हप्तासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’

निर्मात्री शर्मिला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा अगाडि भनिएको छ–‘फिल्मलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’ कोरोनाको त्रासबीच पनि हलसम्म पुगेर फिल्म हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ । फिल्मको कमाईबाट निर्माण टिम सन्तुष्ट छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*