मकवानपुरका गाउँमा अबैध घरेलु रक्सीका भट्टी

हेटौंडा । मकवानपुरका गाउँ -गाउँमा अबैध रुपमा सञ्चालन गरिएका घरेलु मदिराका भट्टी छन् । घरेलु मदिरा उत्पादनका लागि भट्टी सञ्चालन गरिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका विकट क्षेत्र, गढी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, वकैया, बागमती, मनहरी लगायतका गाउँपालिकामा अबैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी छन् ।
अबैध भट्टीबाट स्थानीयले आफुलाई खान मात्र नभएर व्यावसायीक रुपमा स्थानीय वजार र हेटौंडा वजार सम्म ल्याएर विक्री गर्ने गरेका छन् । विकट गाउँका तामाङ समुदायहरुको आमदानीको मुख्य श्रोत समेत वनेको छ ।
घरेलु मदिराकै कारण धनुसामा मृत्यु हुनेको सख्या १४ जना पुगेको छ । मकवानपुरमा पनि यसको नियन्त्रण गर्नुपर्ने आवस्यक्ता रहेको स्थानीय जनप्रतिनिधिहरु वताउँछन् । बारा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान सुरु गरेको छ । तर, मकवानपुर प्रहरीले भने यो अभियान सुरु गरेको छैन ।
धनुषामा घरेलु मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार राति र शनिबार विहान गरी तीन जनाको ज्यान गएको छ । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाले ज्यान गुमाएका थिए ।
शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको छ । यी सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिए । उनीहरु झाडापखालाका बिरामीसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो । एक जना भेन्टिलेटरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार उनीहरुले महोत्तरीको सितापुर भंगाहामा उत्पादित घरेलु मदिरा सेवन गरेको पाइएको छ । त्यसैले त्यहाँका सात जनालाई अन्तर जिल्ला समन्वय गरी पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
साथै नागरिक–प्रहरी साझेदारीमा घरेलु मदिरा नष्ट गर्ने अभियान जारी राखिएको उनले बताए । ‘यसअघि पनि जिल्लामा पटक–पटक नागरिक–प्रहरी साझेदारीमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको थियो । त्यो अभियान आज पनि जारी राखिएको छ,’ प्रमुख जिल्ला अधिकारी कँडेलले भने ।