मकवानपुरमा ओभरलोड चुनढुङ्गा बोक्ने टिपरलाई कार्बाही गर्दैन ट्राफिक प्रहरी

हेटौंडाको तीन वटा सिमेन्ट उद्योगमा खानीबाट चुनढुङ्गा ओसार्ने टिपरले ओभरलोड बोक्दा कार्बाही नगर्ने ट्राफिक प्रहरीले अरु सवारीका साधनलाई भने कडाइ गर्दै आएको छ ।
जनपत्र
१ चैत्र २०७६, शनिबार ०९:१०

हेटौंडा । मकवानपुरका बिभिन्न सिमेन्ट उद्योगमा टिपरले चुनढुङ्गा ओभरलोड बोक्ने गरेका छन् । हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योग, हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिशिद्धी सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगमा चुनढुङ्गा ओसार्दै आएका टिपरले ढाला भन्दा पनि माथी चुली लगाएर सामाग्री बोक्दै आएका छन् । धेरैजसो टिपरले पहिलेको भन्दा ढाला थपेका छन् । अझै त्यस भन्दा माथी पनि चुली लगाएर खानीजन्य सामाग्री बोक्दै आएका हुन् ।

सिमेन्ट उद्योगमा चुनढुङ्गा बोक्ने टिफरले ढाला भन्दा माथी चुली लगाएर सामाग्री ओसार्दा सडकमा गुढ्ने साना सवारीका साधन, पैदलयात्रीलाई पनि ढुङ्गा खसेर लाग्नेडर त्यतीकै वढेको छ । तर, ट्राफिक प्रहरीले यसतर्फ कार्बाही गरेको छैन । ओभरलोड बोक्ने टिफरलाई कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । ढाला भन्दा माथी ओभरलोड बोक्ने टिपरलाई ठाउँ ठाउँमा कार्बाही गरिएको वताउँदै एसपी राठोरले भन्नुभयो–‘हामीले सम्झाउने बुझाउने कामसंगै कार्बाही पनि गरेका छौं तर, ओभरलोड बोक्न रोकिएको छैन । यसलाई अझै कडाइ गर्छौं ।’

शिबम सिमेन्ट उद्योगले सुकौरा खानीबाट टिफरमा चुली लगाएर नछोपीकन चुनढुङ्गा ओसार्दा पैदलयात्री पनि सडकबाटै हिड्दा निकै जोखिम वढेको स्थानीय वासिन्दाहरु वताउँछन् । यता रिद्धिशिद्धी सिमेन्ट उद्योगले भैसेखानी, हेटौंडा सिमेन्ट उद्योगले भैसे र ओख्रेखानीबाट चुनढुङ्गा ओसार्दा तोकिएको क्षमता भन्दा झनै दोव्वर बोक्ने गरेका छन् । पैदलयात्री र साना सवारी चालकलाई ढुङ्गा खेसर हेटौंडा वजार क्षेत्रमा लाग्ला भन्ने त्रास पनि त्यतीकै रहेको छ ।

ओभरलोड चुनढुङ्गा लिएर हेटौंडाको मुल सडक भएर एक सय भन्दा वढी टिपरहरु ओहोर दोहोर गर्ने गरेका छन् । टिपरको ढाला भन्दा माथी चुली लगाएर चुनढुङ्गा ओसार्ने गरिएको छ । तर, बजारका चोकचोकमा खटिएका ट्राफिक प्रहरीले ओभरलोड नदेखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले वताउनुभयो ।

सडकमा गुढ्ने सवै गाडीलाई ट्राफिक नियम, टिपरलाई छुट

मकवानपुरको ट्राफिक प्रहरीले साना, हल्का सवारी साधन देखि ओभरलोड बोकेका भारतिय गाडीलाई समेत कार्बाही गर्दै आएको छ । तर, हेटौंडाका तीन वटा सिमेन्ट उद्योगमा चुनढुङ्गा ओसार्ने टिपरलाई भने ओभरलोड बोक्दा पनि कार्बाही गरेको छैन । सडकमा सयौ टिपर ओभरलोड बोकेर ओहोर दोहोर गर्दा पनि ट्राफिक प्रहरीले वेवास्ता गर्दा बजार क्षेत्रमा हिड्न पनि जोखिम वढेको हेटौंडा ४ का श्याम सापकोटा वताउनुहुन्छ ।

ओभरलोड बोक्ने टिपरलाई छुट नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढकाल वताउनुहुन्छ ।
प्रहरीको आखा छलेर ओभर लोड बोकेको हुन सक्ने वताउँदै उहाँ भन्नुहुन्छ–‘ओभरलोड बोकेको देखेमा कार्बाही गरेका छौ । तर, नखेपछी बोकेका हुन सम्क्छन् । हामी कार्बाही गछौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*