७१ वर्षमा विश्वविद्यालयमा भर्ना !

जनपत्र
१ चैत्र २०७६, शनिबार ०६:४६

अमेरिकाको टेक्सस राज्यको अस्टिनका डेभिड कार्टरले अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आफ्नो स्थान बनाएका छन् । उनले आफ्नो स्थान बनाउनुको कारण चाहिँ उनी विश्वविद्यालयमा भर्ना हुनु हो । उनले टेक्सस विश्वविद्यालयमा ४८ वर्षपछि फेरि पढ्ने मनाशयका साथ भर्ना गरेका हुन् । उनको विश्वविद्यालयको ट्युसन फी विश्वविद्यालयले नै तिर्ने भएको छ ।

सन् १९७१ म उनी आर्ट्सका विद्यार्थी थिए । उनी एक कलाकार तथा लेखक बन्न चाहन्थे । तर, एउटा घटनाले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । मदिरा धेरै पिउने भएकाले उनी एक रात ठूलो दुर्घटनामा परे । त्यसपछि उनलाई सिजोफ्रेनिया भएको पुष्टि भयो ।

त्यसपछि उनले पढ्न सकेनन् । तर, अब उनी फेरि पढ्न चाहन्छन् । अब फेरि विश्वविद्यालयमा गएर आफ्नो जीवनलाई बदल्न चाहन्छन् । उनले भनेका छन्, ‘अब म रिसर्च गर्न र किताब लेख्नमा लाग्नेछु, यसका लागि मलाई विश्वविद्यालयको डिग्रीले पनि ठूलो सहयोग गर्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*