मकवानपुरगढीमा अवैध रुपमा खोला उत्खनन् गर्ने दुईवटा एक्साभेटर र दुईवटा टिफर नियन्त्रणमा

जनपत्र
२९ फाल्गुन २०७६, बिहीबार १८:३४

हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीबाट दुईवटा एक्साभेटर र दुईवटा टिपर नियन्त्रणमा लिएको छ ।

बुधवार राती डिभिजन वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा गएको वन कार्यालयको टोलीले मकवानपुरगढी–५ खैरेनीबाट नम्बर नखुलेको एक्साभेटर ना ८ ख १२१७ र ना ७ ख ८२४१ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । वनले बुधवार राती नै टिपर नियन्त्रणमा लिएर हेटौंडा ल्याएको थियो भने दुईवटा एक्साभेटर आज बिहीवारमात्रै ल्याएको हो ।


प्रारम्भिक वातावरणीय परिक्षण अनुमती बिना नै खोलाको अवैध रुपले दोहोन गरिरहेको एक्साभेटर र टिपरलाई नियन्त्रणमा लिइएको प्रमुख पौडेलले जानकारी दिनु भयो । डिभिजन वनले नियन्त्रणमा लिएको एक्साभेटर र टिपरलाई वन कार्यालय परिसरमा राखेको छ ।

उहाँका अनुसार स्थानीय एक दुइजना युवकले एक्साभेटरमा ‘ब्रेकर’ लगाएर खोला क्षेत्रको चट्टान फोड्दै ढुंगा बाहिर बिक्री गर्दै आएको जानकारी दिनु भयो । डिभिजन वनले स्थलगत रुपमा अनुसन्धान गर्दै वन क्षेत्रमा उत्खनन् गरेको पाइएको वन मुद्दा लगाइने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*