मकवानपुरका पर्यटकीय क्षेत्रमा पूर्वाधारका काम सुरु

हेटौंडाको शहिद स्मारकमा वसपार्क निर्माण, इन्द्र सरोवरमा मिनी पार्क निर्माणको काम सुरु भएको छ ।
जनपत्र
२९ फाल्गुन २०७६, बिहीबार ०८:२७

हेटौंडा । मकवानपुरका स्थानीय तहमा पर्यटन पूर्वाधारका कामलाई प्राथमिकताका साथ काम सुरु गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाले यहाँको पर्यटकिय क्षेत्रको कामलाई प्राथमिकताका साथ सुरु गरिएको हो ।

प्रदेशकै पर्यटकिय स्थलका रुपमा परिचित हेटौंडाको सहिद स्मारकमा ठेक्का मार्फत पर्यटन पूर्वाधारको काम भइरहेको पर्यटन विकास आयोजनाका प्रमुख शिव सापकोटाले वताउनुभयो । आयोजनाबाट हुने कामलाई प्राथमिकताका आधारमा काम भइरहेको उहाँले वताउनुभयो ।
शहिद स्मारकमा वसपार्क निर्माणको काम ठेक्का मार्फत अन्तिम चरणमा पुगेको उहाँले वताउनुभयो । यसैगरी प्रदेशको राजधानी हेटौंडामा पर्यटन सूचना केन्द्र निर्माण गर्ने भनिएपनि त्यसको काम सुरु हुन सकेको छैन । मकवानपुरको इन्द्र सरोवरमा मिनी पार्क निर्माणको काम सुरु भएको आयोजनाका सूचना अधिकारी दोर्णबिक्रम कार्कीले वताउनुयो ।

इन्द्रसरोवरमा भ्यूटेक समेत निर्माण गरिने भएको छ । मकवानपुरका प्रमुख पर्यटकिय क्षेत्रमा पार्क निर्माण लगायतका भौतिक पूर्वाधारमा प्रदेश सरकारले जोड दिएको छ । भिमफेदीको झिरघारीमा मैत्री वगैचा पर्यटन पूर्वाधार निर्माणको काम गरिने कार्कीले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*