प्रहरी चौकीमा भूतले सताएपछि प्रहरी पढ्छन् हनुमान चालिसा

जनपत्र
२९ फाल्गुन २०७६, बिहीबार ०६:४१

समाजमा शान्ति र सुरक्षा दिनु पर्ने प्रहरीले अन्धविश्वासी भएकाले समस्यामा पर्न थालेको सुन्दा पत्याउन अप्ठ्यारो लाग्छ । तर, भारतको उत्तर प्रदेशको प्रहरीले आफ्नो चौकीमा भूत आउने विश्वास गर्दै त्यहाँ हनुमान चालिसा पढ्न थालिएको छ ।

प्रहरीको उत्पीडनका कारण चिन्तित भएर आत्महत्या गरेका एक युवकले त्यहाँको चौकीमा तर्साउन थालेको प्रहरीले विश्वास गरेको मात्र होइन, त्यहाँ हवन तथा पूजा पनि गरिएको छ । कतिसम्म भने प्रहरी कार्यालयभित्र नै हनुमानको मूर्ती पनि बनाइएको छ ।

अब त्यहाँका प्रहरीले रातभर मोबाइलमा हनुमान चालिसा बजाएर बस्न थालेको लाइभहिन्दुस्तानमा आएको समाचारमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*