बागमती प्रदेशका किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान वितरण प्रक्रिया सुरु

जनपत्र
२८ फाल्गुन २०७६, बुधबार ०८:१०

हेटौंडा । बागमती प्रदेश सरकारले किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिने प्रक्रिया सुरु गरेको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले किसानलाई दुधमा अनुदान दिनका लागि प्रक्रिया सुरु गरेको हो ।

प्रदेशको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार दुग्ध उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत सहकारी संस्थामा दुग्ध विक्री गरेका कृषकलाई प्रति लिटर १ रुपैयाँका दरले रकम वितरण गर्न पहिलो चरणमा ६ करोड ७४ लाख ७६ हजार ३१५ रुपैयाँ वितरण गरिने छ ।

चालु आर्थिक वर्षमा १२ करोड विनियोजन भएकोमा यस पटक १ सय ७० वटा दुग्ध सहकारी संस्थालाई फागुन मसान्त सम्म वितरण गर्न छनौट गरीएको निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्टले बताउनु भयो । निर्देशनालयले सिन्धुपाल्चोक जिल्लामा २ वटा सहकारी संस्थाका लागी ७ लाख ५८ हजार ८९३ रुपैयाँ, सिन्धुली जिल्लाको १ वटा सहकारी संस्थाका लागी १३ हजार ४३८ रुपैयाँ, रामेछाप जिल्लाका १ वटा सहकारी संस्थाका लागि १ लाख १५ हजार ६०५ रुपैयाँ वितरण गर्न लागिएको श्रेष्ठले वताउनुभयो ।

धादिङ्ग जिल्लाका २ वटा सहकारी संस्थाका लागि ४ लाख ६४ हजार ३६६ रुपैयाँ, मकवानपुर जिल्लाका ३८ वटा सहकारी संस्थाका लागि १ करोड २६ लाख ९४ हजार ४६० रुपैयाँ वितरणका लागि तयारी गरिएको निर्देशनालयका अधिकृत शिवराम बोहोराले जानकारी दिनुभयो ।

यसैगरी काभ्रे जिल्लाका २१ वटा सहकारी संस्थाका लागि ५६ लाख ३० हजार १९ रुपैयाँ वितरण गर्न लागिएको छ । ललितपुर जिल्लाका २१ वटा सहकारी संस्थाका लागि ६६ लाख ९७ हजार ८६७ रुपैयाँ वितरण गर्न लागिएको हो । यसैगरी चितवन जिल्लाका ८४ वटा सहकारी संस्थाका लागि ४ करोड ९ लाख ६८हजार ९६८ रुपैयाँ रकम वितरण गरिने अधिकृत शिवराम बोहराले स्पष्ट पार्नुभयो ।

पहिलो चरणमा दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधिमा रहेर आहवान गर्दा आवश्यक संख्यामा प्रस्ताव पर्न नआएकोले कार्यक्रममा सहभागी हुन इच्छुक दुग्ध उत्पादक सहकारी संस्थाहरुले २०७६ चैत्र १२ गते सम्ममा दिएको आवेदन पत्रका आधारमा सहकारी मार्फत किसानलाई दुग्ध वितरण गर्न लागिएको हो ।

सहकारीले दुग्ध बिक्री गरेको प्रमाण सम्बन्धी कागजात, वार्षिक साधारण सभा भएको प्रमाण, आ.ब. २०७५–०७६ को लेखा परिक्षण प्रमाणपत्र, सहकारी दर्तारनविकरणको प्रमाण, कुनै प्रकारको कार्वाहीमा नपरेको बारेको स्वघोषणा, कृषकलाई अनुदान रकम वितरण गर्ने मापदण्ड (अनुदान प्राप्त गर्ने कृषकको विवरण समेत समावेस भएको), कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि तथा सम्बन्धित जिल्ला दुग्ध उत्पादक सहकारी संघ, सम्बन्धित स्थानीय तह र सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको सिफारिस(पत्र संलग्न गरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश¸ हेटौंडा, मकवानपुर वा सम्बन्धीत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यालय समय भित्र आईपुग्ने गरी आवेदन दर्ता गर्नुहुन पुनः प्रस्ताव आव्हान गरिएको सुचना अधिकारी डा. बबलु ठाकुरले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*