आजपनि मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

देशभरको मौसममा बुधबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बतताएका छन् ।
देशभर बुधबार राति पनि आंशिकदखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ ।