हेटौंडा उपमहानगरपालिका आउने प्रत्यक सेवाग्राहीलाई निशुल्क मास्क

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कार्यालयमा आउने सेवाग्राहीलाई मास्क वितरण गर्न सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणबाट बेलैमा सचेतना अपनाउने र सचेत रहनका लागि मास्क वितरण गरिएको हो । कायालयमा आउने प्रत्यक सेवाग्राहीलाई मास्क वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडा वजार क्षेत्रमा मास्कको अभाव भइरहेको समयमा उपमहानगरपालिकाले निशुल्क रुपमा मास्क वितरण गरेको हो । नगरवासीहरुले सेवा लिन आउँदा मास्कको प्रयोग गर्नेगरी मास्कको वितरण गर्न लागिएको मेयर महतले वताउनुभयो ।
हरेक दिन उपमहानगरपालिकाको गेटबाटनै मास्क वितरण गरिने छ । आजबाट यो अभियान सुरु भएको वताउँदै मेयर महतले भन्नुभयो–‘निशुल्क रुपमा मास्क वितरण आजबाट सुरु गरिएको छ । यो समस्या हुनजेल सम्म हरेक दिनजसो मास्क वितरण गछौं । तर, एकै व्यक्तिलाई एउटा मास्क वितरण मात्र वितरण गर्नेगरी काम गर्न सुरु गरेको हो ।’
मास्क वितरणको काम केही दिनपछी हेटौंडाको १९ वटै वडाबाट सुरु गर्ने लक्ष लिइएको उपमहानगरपालिकाले जनाएको छ । निशुल्क रुपमा वितरण गर्ने मास्सक तयार पार्नका लागि अडर दिइएको र वितरणको काम पनि गरिने मेयर महतले वताउनुभयो ।