होलीमा मुख्यमन्त्रीको शुभकामनाः ‘समाजमा भाइचारा र सद्भाव स्थापित गर्न होली महत्वपूर्ण पर्व ।’

जनपत्र
२६ फाल्गुन २०७६, सोमबार ११:२४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिवारबीचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ । फागु पर्वका अवसरमा आफ्नो फेसवुक पेज मार्फत शुभकामना सन्देश मार्फत मुख्यमन्त्री पौडेलले ‘समाजमा भाइचारा र सद्भाव स्थापित गर्न होली महत्वपूर्ण पर्व रहेको वताउनुभएको छ । संसारभर कोरोना भाइरसको त्रास फैलीएको उल्लेख गर्दै जोखिम निम्तन सक्ने कुनैपनि क्रियापलाप नगर्न तथा परिवार बिचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ ।

“यसवर्ष संसारभर कोरोना भाइरस भनिने कोभिड १९ को प्रकोप बढेको कारण हामीले उल्लासमय ढङ्गले यो पर्वमा होली खेल्न सक्ने अवस्था छैन । विज्ञहरुको सुझाव अनुसार सरकारले भीडभाड नगर्न, लोला तथा पानी छ्यापाछ्याप नगर्न तथा कुनैपनि प्रकारको जोखिमपूर्ण कामहरु नगर्न अनुरोध गरेको छ । जोखिम निम्तन सक्ने कुनैपनि क्रियापलाप नगर्नु एउटा असल नागरिकको कर्तव्य पनि हो । त्यसैले परिवारबीचमा खुशी साटासाट गरेर यो पर्व मनाउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।” मुख्यमन्त्री पौडेलद्धार जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पौडेलले रङ्गहरुको पर्व फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशबासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, संमृद्धि एवं उतरोत्तर प्रगतिको कामना गर्नुभएको छ । “असत्यमाथि सत्यको विजय भएको दिनलाई रङ्गिन विजयोत्सवको रुपमा मनाइने यस पर्वले सत्य, न्याय र निष्ठाका पक्षमा लागि रहन प्रेरित गर्दछ । यस्ता पर्वहरुले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।” मुख्यमन्त्री पौडेलद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*