मकवानपुरको भिमफेदी–कुलेखानी बन्ने भयो सुरुङ मार्ग, वैशाखमा टेण्डर लाग्ने

जनपत्र
२३ फाल्गुन २०७६, शुक्रबार १८:२१

हेटौंडा । हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग बन्ने पक्का जस्तो भएको छ । सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले गृहकार्य पुरा गर्ने क्रममा रहेको छ ।

शुक्रबार विहान बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल सुरुङमार्ग प्रवेद्धार रहने स्थान भीमफेदी गाउँपालिकाको धापमा अवलोकन गरेका छन् ।

मन्त्री फुयाँलले सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी लिएका थिए । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेका पहिलो प्रदेशको गौरवको योजनाको रुपमा रहेको भन्दै मन्त्री फुयाँलले अब कुनै पनि हालतमा सुरुङ मार्ग कुनै पनि हालतमा बन्ने बताए । उनले संघिय सरकारलाई जोडेर सुरुङ मार्गको काम अगाडी बढाउने बताए ।

उनले अगाडीको पुर्वाधार विकास कम्पनीको विषय प्रति कानुनी प्रावधान अनुसार अगाडी बढ्ने बताए । उनले जनताको काम कतिबेर अल्झाउने भन्दै कानुनी प्रक्रिया अबलम्बन गर्ने पनि बताए । अवलोकनका क्रममा प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले सुरुङ मार्ग बन्न सक्ने बताए ।

उनले अबको ४० दिनमा आफ्नो टोलीले रिपोर्ट दिने भन्दै सरकारले आवश्यक तयारी गरेमा वैशाखको अन्तिम सम्ममा टेण्डर हुन सक्ने अवस्था रहेको छ । केहि दिनमा सुरुङ हुने क्षेत्रमा विकिरिणहरु पठाएर भुगोलको अवस्थाबारे जानकारी गराउने बताए ।

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले बागमती प्रदेशको गौरबको योजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी—काठमाण्डौँ सुरुङमार्ग निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सुरुङमार्ग निर्माण स्थल भीमफेदी पुगेर मन्त्री फुँयालले यो योजनाले नेपालमा सुरुङमार्ग युगको सुभारम्भ हुने समेत दाबी गरे ।

बैशाख महिनाभित्र सुरुङमार्गको लागि टेण्डर खुल्ने बताउँदै उनले यो सुरुङमार्ग निर्माण मुख्यमन्त्रीको समेत सपना भएको बताउँदै सुरुङमार्ग निर्माणपछि हेटौँडा राजधानीको लागि पाएक परेन भन्नेहरुको चिन्ता समेत हटने बताए ।

भीमफेदीबाट सिस्नेरीको हेबीसम्म ३ दशमलब २५ किलोमिटर सुरुङमार्गको चौढाई ११ मिटरको हुने मन्त्रालयले जनाएको छ । दुई लेनको सडक रहने सुरुङमार्गबाट पेट्रोलियम पदार्थको पाईपलाईन, खानेपानी पाईप तथा ग्याँसको पाईपलाई समेत रहने बताईएको छ । हाल सुरुङमार्गको विभिन्न सर्भेको लागि ४५ जना कार्यस्थलमा खटिरहेका छन् ।

३.२ किलो मिटरको सुरुङ

सुरुङमार्ग ३ किलोमिटर २ सय मिटरको अनुमान गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत यातायात पुर्वाधार विकास निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार सरकारले वैशाखको अन्तिम सम्ममा टेण्डर प्रक्रियामा जानेछ ।

प्रदेश सरकारले गर्ने टेण्डर प्रक्रिया डिपिआर सहित निर्माण गर्ने हुनेछ । करिब १५ अर्ब खर्च लाग्ने उनले बताए । अवलोकनमा संविधान सभा सदस्य अनन्त पौडेल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*