मकवानपुरको वकैयाबाट एक्साभेटर र टिफर वनको नियन्त्रणमा

जनपत्र
२३ फाल्गुन २०७६, शुक्रबार ०७:२७

हेटौंडा । मकवानपुरको वकैया गाउँपालिका वडा नम्बर ७ बकैयाँ र सिमात खोलाको दोभानमा क्षेत्रमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा वन कार्यालयले एक्साभेटर र टिफर नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरबाट खटिएको वन कर्मचारीहरूको गस्ती टोलीले ढुङ्गा गिट्टी बालुवाको अवैध उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर र टिफर नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा खोला उत्खनन् गर्नेहरुलाई निरन्तर रुपमा जरिवाना चलाउने र कार्बाही गर्ने अभियान अनुसार वकैयाबाट पनि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो । खोला उत्खन गर्ने वा २ क ९२३१ नम्बरको एक्साभेटर र वा २ क ६६६२ नम्बरको टिफर नियन्त्रणमा लिइएको उहाँले वताउनुभयो । नियन्त्रणमा लिईएको सवारीका साधन र त्यसका धनीलाई कानून अनुसार कार्बाही गरिने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*