कोरोना संक्रमणबाट जाेगिन स्वास्थ्य मन्त्रालयको ४ बुँदे अपील

जनपत्र
२३ फाल्गुन २०७६, शुक्रबार ०६:४३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपील गरेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाद्वारा बिहीबार जारी ४ बुँदे अपीलमा भीडभाड भएको ठाउँमा सकभर नजान उल्लेख छ।

यस्तो छ चार बुँदे अपील
* नियमित रुपमा साबुनपानीले मिचिमिची २० सेकेन्डसम्म हात धुने

* बिरामी व्यक्तिबाट अरुमा संक्रमण नसरोस् भन्नका लागि र बिरामीको स्याहारमा संलग्न हुँदा मास्कको प्रयोग गर्ने

* खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख छोप्ने

* ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्दा गाह्रो हुने जस्ता समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्ने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*