बागमती प्रदेशका कार्यालय सहयोगिहरुलाई अतिथि सत्कार सम्वन्धी हेटौंडामा तालिम

हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयका कार्यालय सहयोगीहरुलाई अतिथी सत्कार सम्वन्धी दुईदिने तालिम दिन सुरु गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयको अयोजनामा प्रदेशका सातै मन्त्रालय, निर्देशनालयहरु र मातहतका कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुका लागि अतिथी सत्कार सम्वन्धी दुईदिने तालिम दिन सुरु गरिएको हो । कार्यालयमा आउने सेवाग्राही र अतिथीहरुलाई कसरी सत्कार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनका लागि तालिम दिन लागिएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव दुर्गादत्त ढकालले कार्यालय सहयोगिहरुलाई आफुले गर्ने कामलाई थप मर्यादित र राम्रो वनाउन पनि यो कार्यक्रम महत्वपूर्ण हुने वताउनुभयो ।
दुईदिन सम्मको तालिममा नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानका उप विभागिय प्रमुख सूर्यकिरण श्रेष्ठले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको आतिथ्यता रहेको थियो ।