बागमती प्रदेशसभाका सचिव खड्काको हेटौंडामा सपथ

संघीय संसदमा सहसचिवबाट राजिनामा दिएको भोलीपल्टै प्रदेशसभामा सचिव नियुक्त ।
जनपत्र
२१ फाल्गुन २०७६, बुधबार १८:१३

हेटौंडा । बागमती प्रदेशसभामा आजबाट नयाँ सचिवले काम थाल्नुभएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सचिवमा नियुक्त हुनु भएका कृष्णहरि खड्कालाई आजै सपथ ग्रहण गराएसंगै आजैबाट काम सुरु गर्नुभएको हो ।

संघीय संसदमा विगत २५ वर्ष देखि हिजो सम्म सहसचिवका रुपमा कार्यरत खड्कालाई सभामुख सानुकुमार श्रेष्ठको सिफारिसमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नियुक्त गर्नुभएको थियो । आजै प्रदेशप्रमुखको नियुक्ती गरेसंगै आजनै सभामुख श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।

प्रदेशसभाका सचिव रामशरण घिमीरेले यही फागुन १७ गते अनिवार्य रुपमा अवकास प्राप्त गरेपछी खड्कालाई नियुक्त गरिएको हो ।

संघीय संसदमा पनि लामो समयसम्म काम गरेको अनुभवका आधारमा उहाँलाईनै नियुक्त गरिएको सभामुख श्रेष्ठले वताउनुभयो । अव संसदको काम राम्रोसंग अगाडी वडानका लागि थप सहजता भएको श्रेष्ठले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*