श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भएको छैन : श्रममन्त्री यादव

जनपत्र
२१ फाल्गुन २०७६, बुधबार ०६:५३

सञ्चार माध्यमहरुमा श्रमस्वीकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय नभएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताउनुभयो । विश्वभरी नै कोरोना भाइरस कोभिड-१९० को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताउनुभएको हो ।

‘तत्काल औपचारिक निर्णय भएको छैन् । ट्रान्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्यमन्त्रालयसँग निरन्तर छलफल भइरहको छ । चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘२, ३ विकल्पलाई रि-सेड्युल गर्नेबारे छलफल भैरहेको छ ।’ आइतबारको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ । नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा सम्वाद लगायतका कार्यक्रमहरु पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*