गाेरखामा बन्दै गरेकाे पाेखरीमा डुबेर १३ बाँदर मरे

जनपत्र
२१ फाल्गुन २०७६, बुधबार ०६:४७

गोरखा नगरपालिका-९, लक्ष्मीबजारको खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । दमकलका लागि पानी भर्न निर्माण गर्दै गरेको पोखरीमा डुबेर बाँदर मरेका स्थानीयले बताएका छन् । निर्माण हुँदै गरेको पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको स्थानीय गणेश थापाले बताउनुभयो ।

ुपानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि अरु बाह्रवटा बाँदर पसेर मरेका हुन् । कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरीमा पसेको अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो, ‘पोखरीको भित्री भागमा प्लाष्टर गरिएको रहेछ, चिप्लो भएका कारण डुबेका बाँदर बाहिर निस्किन पनि सकेनछन् ।’ स्थानीय बासिन्दाले डुबेर मरेका बाँदरलाई पोखरीबाट बाहिर निकालेका छन् । मरेका बाँदरलाई खाल्डो खनेर गाडिएको अर्का स्थानीय कृष्ण पुडासैनीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*