बागमती प्रदेशका सबै अस्पतालमा अनिबार्य कोरोना वार्ड स्थापना

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहत सबै अस्पतालमा कोरोना भाईरस उपचारका लागि छुट्टै वार्ड अनिबार्य स्थापना गर्ने भएको छ । हेटौंडा, भरतपुर, भक्तपुरमा स्थापना गरीसकेको र अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गरीने भएको हो । सोमबार प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयमा आकस्मिक छलफल गरी शंकास्पद् बिरामी आए अलग राखेर उपचार गर्ने गरी तयारी भएको जानकारी दिएको छ । कोरोनाको संक्रमण भित्रन र फैलिन नदिन बिभिन्न समिति बनाएर काम समेत गरीरहेको सरकारले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गर्नुभएको छ । उपचार पद्धती पत्ता नलागेको भएर मात्र केही समस्या देखिएको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाई थियो । जागरणको अभियान सरकारले चलाईरहेको भन्दै अफवाह फैलन नदिने तर्फ सबै सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो ।
यस्तै सामाजिक बिकास युवराज दुलालले कोरोना नियन्त्रणका लागि तिनै तहसङ्ग समन्वय भएको जानकारी दिनुभयो । एक महिना अगाडिबाट विभिन्न समिति बनाएर काम गरीरहेको यसको नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो । संबेदनशिल ठाउँमा हेल्प डेस्क निर्माण गरेर काम गरीरहेको जानकारी दिनुभयो । यसको नियन्त्रण तथा सचेतनाका लागि सरकारले लिनुपर्ने पहल कदमी लिइएको समेत बताउनुभयो । मास्कको कालोबजारी गरेको गुनासो आएकोले जानकारी पाए एक्सन लिने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिजबिज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खानाखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगरौं । मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खान आब्हान गरेका छन् ।
रुघाखोकी, ज्वरो आदि आए अनिवार्यरुपमा मास्क लगाउँ र स्वास्थ्य केन्द्रमा जचाउन जाउँ ।मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि हेर्ने नभएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने भनाई राखेका थिए ।
कार्यक्रममा आन्तरिक मामीला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब तोयम राय लगायत अन्य सरोकालवालाहरुको उपस्थिती रहेको थियो ।