हेटौंडा महिला उद्यमी मेला चैत्रमा हुने

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार १९:१५

हेटौंडा । हेटौंडामा महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ । मकवानपुर उद्याग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षितगरि यहि चैतको १६ गते देखि २२ गतेसम्म पल्पसा सभागृहमा मेला हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल रहने, विभिन्न प्रकारका खाने, महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नित्य,सहितको स्टल रहने र प्रवेश निशुल्क रहने महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यले बताइन ।

५५ वटा स्टल निर्माण हुने जस मध्ये १० वटा विभिन्न अशक्त तथा ग्रामिण क्षेत्रका महिलाहरुको उत्पादन राख्न निशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।
महिला उद्यमीलाई प्रोत्शाहन गर्न,महिलाहरुको सीप र कलालाई उद्यमशीलमा ढाल्दै व्यवसायी बनाउन र भ्रमण

वर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको मेला प्रचार प्रसार समिति संयोजक लक्ष्मी ढकालले बताइन । मेलामा कुल ११ लाख खर्च अनुमान गरिएको छ भने ५० लाख कारोबार हुने आयोजकको रहेको छ । आयोजकले कृषि उत्पादन र हस्तकलाको लागि तिन हजार, शैक्षिक, बैकिङ क्षेत्रलाई चार हजार, उद्योगको उत्पादकलाई ५ हजार र होटलको लागि सात हजार स्टक शुल्क लाग्ने सभापति वैद्यले बताईन्, ।

पत्रकार भेटघाटमा संघका पत्रकार भेटघाटमा संघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना,कुल प्रसाद चौलागाई लगायत महिला उद्यमी विकास समितिका पदाधिकारीहरुको उपस्थितीे रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*