हेटौंडाको शंकरज्योति अध्यक्षमा खुलाल

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार ०८:३६

हेटौंडा/ शंकरज्योति आधारभुत विद्यालय हेटौंडा–११ को अध्यक्षमा सूर्यबहादुर खुलाल चयन भएका छन् । शुक्रबार भएको २४ औं अभिभावक भेलाले खुलालको नेतृत्वमा ९ सदस्यीय कमिटी निर्विरोध चयन गरेको हो । कमिटी सदस्यमा पञ्चलाल लामा, यशोदा कटुवाल, पदमकुमारी थापा, कसलुराम दर्लामी मगर र रचना गोले सदस्य छन् । सदस्य सचिवमा प्रअ मुकुन्द न्यौपाने तथा शिक्षक प्रतिनिधिमा कविता गौतम छन् । मेरी लोप्चनको नेतृत्वमा शिक्षक–अभिभावक संघ गठन गरिएको छ ।

भेला उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्ने बताए । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउनुपर्नेमा उनले जोड दिए । मेयर महतले आफ्नी छोरीको विवाहमा गोड्धुवाबापत् संकलन भएको रकम खर्चेर उक्त विद्यालयको २ कोठे भवन निर्माण गरी सहयोग गरेका थिए ।

भेलामा प्रअ न्यौपानेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो । भेलामा वर्ष २०७४ र २०७५ का उत्कृष्ट शिक्षकहरु क्रमशः रोशन पराजुली र सहायक प्रअ रुक्मिणी कु“वर, सेवानिवृत्त शिक्षक रञ्जिता भेटवाललाई मेयर महतले सम्मानका साथै कक्षागत् प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई विशिष्ट अतिथि हेटौंडा–११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले पुरस्कृत गरेका थिए । वर्ष २०७५ मा कक्षा–८ को परीक्षामा ‘ए प्लस’ ल्याउने छात्रा पूर्णिमा बिकलाई नगर एक हजार र स्टेशनरीले पुरस्कृत गरिएको थियो । भेलामा विद्यार्थी र शिक्षकद्वय कमला आचार्य र सपना लामिछानेले नृत्य प्रस्तुत गरेका थिए ।

भेलामा वडा सदस्यहरु अञ्जनकुमार तिमल्सिना, जुना दाहाल र आरसी न्यौपाने, नेकपा हेटौंडा–११ अध्यक्ष कृष्णप्रसाद उप्रेती, पूर्वअध्यक्ष कमलचन्द्र सुमनलगायतले शुभकामना व्यक्त गरेका थिए । भेला विव्यस अध्यक्ष भरतबहादुर दर्लामी मगरको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*