स्रष्टा सम्मानसहित मकवानपुरको बकैया साहित्य महोत्सव सकियो

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार ०७:३४

बकैयार झरना साहित्य परिवारको आयोजनामा भएको २ दिने साहित्य महोत्सव समापन भएको छ । झरनाको २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार र शनिबार आयोजित बकैया साहित्य महोत्सवमा विभिन्न स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘कला साहित्यको विकासमा स्थानीय तहको भूमिका’ तथा ‘नेपाली साहित्यमा मकवानपुर’ विषयका छुट्टाछुट्टै बहस सत्र चलेको थियो । यसैबीच, झरना साहित्यिक परिवारले आफ्नो २७औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा विभिन्न सम्मान प्रदान गरेको छ । साहित्यकार तथा पत्रकार डा। नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ प्रदान गरिएको छ ।

नगद १५ हजार ५ सय ५५ राशीको यो सम्मान झरनाका सल्लाहकार तथा छतिवनका स्थायी बासिन्दा नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यसैगरी ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६’ व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’ लाई प्रदान गरिएको छ । यो पुरस्कारको स्थापना बाल जागृति बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले गरेका हुन् । ‘सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६’ कवि बिना थिङ तामाङलाई प्रदान गरिएको छ ।

नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको उक्त सम्मान बकैया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेका हुन् । तुल्सि गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६’ साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई प्रदान गरिएको छ । यस वर्षबाट स्थापना गरिएको नगद ५ हजार रुपैयाँ राशि सहितको ‘झरना–बकैया पत्रकार सम्मान–२०७६’ पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको छ ।

सोही कार्यक्रममा प्रदान गर्ने भनिएको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ भने चैतमा दिइने भएको छ । मामाघर नेपालका संस्थापक अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको उक्त पुरस्कार कवि विनोदविक्रम के।सी।लाई प्रदान गरिने निर्णय भएको थियो । यसैबीच, संगीत र कला क्षेत्रमा योगदान पु¥याएको भन्दै बकैया गाउँपालिकाका कलाकारद्वाय रमा घतानी र अजय वाइवालाई पनि सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*