मकवानपुरका निजामती कर्मचारी संगठनद्धारा सरकार बिरुद्ध आन्दोलन सुरु

मकवानपुर– सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकार बिरुद्ध आन्दोलनको तयारी गरेको छ । देशका ७ वटै प्रदेशबाट आन्दोलन सुरु गर्ने तयारीमा रहेको संगठनको बागमती प्रदेश स्तरीय आन्दोलन परिचालन एवम् जागरण अभियान कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । सरकारले निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी गरेको बिरुद्धमा आनदोलन सुरु गर्न लागेको संगठनले शनिबार हेटौंडामा बागमती प्रदेश स्तरीय आन्दोलन परिचालन एवम् जागरण अभियान कार्यक्रम आयोजना गरेको हो ।
देशका सातै प्रदेशबाट सुरु भएको आन्दोलन आनुसार बागमती प्रदेशमा संगठनका केन्द्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश अध्यक्ष शरण कुमार गुरुङको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निमाृण हुँदा समावेश गरिनुपर्ने विषयका सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठनले प्रस्तुत गरेका मागहरु पुरा गराउन आवश्यक पर्दा गरिने आन्दोलनको लागि केन्द्रिय कार्यसमितिको निर्णय बमोजिक प्रदेश स्तरीय आन्दोलन परिचालन एवम् जागरण अभियान संचालन गरिएको हो ।
संसदीय समितिमा सांसदहरूले ट्रेड युनियन खारेज गर्ने बहस चलाए पछि संगठनले ट्रेड युनियन खारेज नगर्न चेतावनी दिँदै आन्दोलन सुरु गर्ने चेतावनी जनाएको छ । संगठनको गत फागुन २ गते बसेको संगठनको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो । संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेकोप्रति संगठन आन्दोलित भएको हो ।
संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बेला ट्रेड युनियन खारेज गर्ने तयारी भएको भन्दै संगठनले आन्दोलन सुरु गर्ने तयारी गरकको संगठनका केन्द्रिय सदस्य विष्णु अर्यालले बताउनुभयो । कार्यक्रममा संगठनकि उपाध्यक्ष भवानी दाहाल, सचिव सिता गुरुङ, केन्द्रिय सदस्य सरस्वती धिमाललगायत बागमती प्रदेशका १३ वटै जिल्लाका अध्यक्ष एवम् सदस्यहरुको उपस्थिती थियो ।