प्याराग्लाइडिङ दुर्घटना : फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक फ्रान्सेली नागरिक गम्भीर घाइते भएका छन् । ३५ वर्षीय फ्रान्सेली नागरिक सिमोन हेनरी बोरेईली प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।
घाइते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । भीरकोट नगरपालिका-५, स्वरेक मैदानबाट आफैँ प्याराग्लाइडिङ उडाएका सिमोन वालिङ नगरपालिका–११, डौंवाफाँटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । माथिबाट बजारिएको कारण उनलाई भित्री चोट लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।