मगरसंघको ३८ औं स्थापना दिवस हेटौंडामा मनाइयो

हेटौंडा । नेपाल मगर संघ हेटौंडा उपमहानगर कार्यसमितिको आयोजनामा ३८ औं स्थापना दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थापना दिवसका अवसरमा शुभकामना दिनुभयो । विभीन्न जातजाती, भेसभुसा र समुदायहरुले आफ्ना संस्कृति रितिरिवाजका काम संगै स्थापना दिवस मनाउनुपनि राम्रो काम भएको मेयर महतले वताउनुभयो । कुनैपनि धर्म, संस्कृति र रितिरिवाजको संरक्षण गर्नका लागि स्थानीय सरकारले सहयोग गर्ने वताउनुभयो ।
मगर संघ स्थापना दिवसको आयोजनामा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ६ जना महिला र ४७ जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति मकवानपुरकी अध्यक्ष डेमिज थापा मगरले जानकारी दिनुभयो । नेपाल मगर युवा संघ, नेपाल, नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति मकवानपुर र नेपाल मगर सांस्कृतिक संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
नेपाल मगर युवा संघ, मकवानपुरका अध्यक्ष उपेन्द्रराना मगरको अध्यक्षता तथा नेपाल मगर संघका अध्यक्ष होम बहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विपदमा परेर रगत अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको नेपाल मगर युवा संघ, मकवानपुरका अध्यक्ष उपेन्द्रराना मगरले वताउनुभयो । यसैगरी, आज हेटौंडा १२ अवस्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा वाटिका समितिको व्यवस्थापनमा नेपाल मगर उपमहानगरपालिका कार्यसमितीको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सस् शुल्क खानपानको कार्यक्रम पनि रहेको स्मृति वाटिकाका सचीव सुवास जंग थापाले जानकारी दिनुभयो ।