कर्मचारी अभावका कारण प्रदेश सरकारले काम गर्न सकेन–मुख्यमन्त्री पौडेल

जनपत्र
१५ फाल्गुन २०७६, बिहीबार ११:०७

हेटौंडा । अन्तर प्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठी हेटौंडामा भएको छ । प्रदेश लोकसेवा आयोग गठन भएका क्षेत्रबाट आयोगका अध्यक्ष, सदस्यहरु, प्रदेशका प्रमुख सचिव सहितको सहभागितामा गोष्ठी भएको हो । बागमती प्रदेश लोकसेवा आयोगको आयोजनामा कार्यक्रम भएको हो ।

गोष्ठीको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनसक्ति अभावका कारण प्रदेश सरकार अगाडी वढ्न नसकेको गुनासो गर्नुभयो । काम गर्न सकेन, पैसा खर्च गर्न सकेन भन्नेकुरा कर्मचारी अभावका कारण भएको उहाँले वताउनुभयो । अव लोकसेवा आयोगले कर्मचारी भर्ना गनुपर्छ भन्ने अभियानमा आफुहरु लागेको वताउनुभयो । सवै प्रदेशमा एकैसाथ एकरुपताका आधारमा कर्मचारी भर्ना गरिनुपर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।


अहिलेसम्म लोकसेवा आयोगले आफ्नो गरिमा कायम राखेको वताउनुभयो । प्रदेशका लोकसेवा आयोगपनि जनताले विश्वास गर्ने आयोग वन्नुपर्ने उहाँले वताउनुभयो । संघीय निजामती ऐन पनि वन्दै गर्र्छ र प्रदेशमा पनि कर्मचारी भर्ना प्रक्रिया थाल्दै गर्नुपर्ने उहाँले वताउनुभयो ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमीरे, विभीन्न प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, बागमती प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

बागमती प्रदेश लोकसेवा आयोगका सदस्य शर्मिला न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा आयोगका अर्का सदस्य शुर्दसन ढकालले कार्यक्रमको उदेश्यमाथी प्रकास पार्नुभएको थियो । लोकसेवा आयोगका पूर्व सदस्य डाक्टर गोविन्द कुसुमले लोकसेवा आयोगका काम, कर्तव्य, अधिकार र अवगर्ने सक्ने कामका विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*