कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी

नेत्रविक्रम चन्द विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरुद्धमा १० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराइएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले किटानी जाहेरी दर्ता गराएकी हुन्।
पौडेलको हत्यामा संलग्न भएको आरोपमा पौडेलकी आमाले १० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन्। यसका साथै गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न माग गरेकी छन्।