चुनाव जितेको विकास गर्न र जनताको सेवा गर्न हो–मन्त्री नेपाल
हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आफुहरुले चुनाव जितेको यो क्षेत्रको विकास गर्न र जनताको सेवा गर्न रहेको वताउनुभएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी सामुदायिक वन उपभोक्ता समूह र बागमती प्रदेशको पर्यटन विकास आयोजनाको आयोजनामा सुनकोशी इको मेडिटेशन पार्कको शिलान्यास गर्दै मन्त्री नेपालले यस्तोकुरा वताउनुभएको हो । विकासका निम्ती आफु तयार रहेको वताउँदै उहाँले भन्नुभयो–‘मलाइ प्रचारबाजी गर्नुछैन, रिवन काट्दै हिँड्ने रहर छैन, यस क्षेत्रको समृद्धिकालागी इमान्दारिताका साथ प्रयत्न गर्ने हो ।’

सामाजिक सन्जाल पढेर धारणा बनाउन छोडौँ, विकासका कामले गति लिएको उहाँले वताउनुभयो । विकास निर्माणका कामहरुको परिणाम देखिनथालिसकेको उहाँले वताउनुभयो । प्रदेश सरकारको काममा निरास हुनुपर्ने अवस्था नरहेको वताउदै मन्त्री नेपालले भन्नुभयो–‘पर्यटन क्षेत्रको विकास मार्फत समृद्ध बाह्रबिसे नगर निर्माण गर्ने कामको सुरुवात भैसकेको छ, तीन वर्षभित्रमै यो क्षेत्रको मुहार फेरिनेछ ।’

कार्यक्रममा अरनिको कलेज, बाह्रबिसेका प्रमुख यम बहादुर बस्नेतले मन्त्रीज्यूले व्यक्तगर्नुभएको प्रतिवद्धताहरु पूरा गर्नुभयोमा खुसी व्यक्त गर्नुभयो । यस क्षेत्रका वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले योजनाको अनुगमन र खबरदारी गरि यस क्षेत्रलाइ पर्यटिय क्षेत्रको रुपमा विकास गर्ने मन्त्री ज्यूको योजना सफल बनाउन हाम्रो सहयोग रहने वताउनुभयो ।

प्राचीन मल्लकालिन बजार बाह्रबिसे बजार क्षेत्रमा निर्माण हुन लागेको पार्कका कारण बाह्रबिसे नगरबासी हर्षित समेत भएका छन् । उक्त परियोजनाको कूल लागत १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस वर्ष टेण्डर भने ४ करोड रुपैयाँमा टेण्डर भएर काम गर्न थालिएको हो ।







