मनहरीको पशुपति मन्दिरका लागि काग्रेश नेताको एक लाख

जनपत्र
१२ फाल्गुन २०७६, सोमबार १७:००

हेटौंडा । मनहरीको ४ नम्बर वडास्थित मसिनेमा रहेको पशुपतिनाथको मन्दिरका लागि नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले एकलाख रुपैयाँ सहयोग गरेका छन् । गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धता अनुरुप एकलाखको चेक हस्तान्तरण गरेका हुन् ।

पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति मसिनेका अध्यक्ष शारदा बिडारीलाई एक कार्यक्रमकाबीच नेता न्यौपानेले चेक हस्तान्तरण गरेका हुन् । ‘निर्वाचनको समयमा आवश्यक सहयोग गर्नेछु भनेर प्रतिबद्धता जनाएको थिएँ । चुनाव हार्नु र जित्नु फरक पाटो हो’, उनले भने, ‘बोलेका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । सोही क्रममा मन्दिर व्यवस्थापन एवम् मर्मत सम्भारको लागि व्यक्तिगत रुपमा एकलाख रुपैयाँ सहयोग गरेको हुँ ।’

चुनावको समयमा गरेको प्रतिबद्धताहरु आफ्नो क्षमता अनुसार विस्तारै पूरा गर्दै जाने नेता न्यौपानेले प्रतिबद्धता समेत जनाए । पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले एकलाख रुपैयाँको चेक बुझ्दै रकम मन्दिरको विकासमा खर्च गरिने बताइन् । धेरै नेताहरुले चुनावको समयमा गरेका प्रतिबद्धता भुल्ने गरेको स्मरण गराउँदै उनले नेता न्यौपानेले गरेको सहयोगको प्रशंसा गरिन् ।

यस्तै मसिनमै रहेको पशुपतिनाथ माविका विद्यार्थीहरुले सञ्चालन गरिरहेको महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा १ रुपैयाँ सहयोग संकलन अभियानका लागि न्यौपानेले १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*