गोकुल बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्छ– गृहमन्त्री थापा

जनपत्र
११ फाल्गुन २०७६, आईतवार १०:१९

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध सरकारले छानविन गर्ने बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेश स्तरिय सुरक्षा गोष्ठीका अवसरमा बोल्दै उहाँले बाँस्कोटाका विषयमा सरकारले पनि छानविन गर्ने वताउनुभयो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

सभामुख प्रकरणको हल भइसकेको र अहिले मन्त्रीको विषयमा सरकारले पनि छानविन गर्ने उहाँले वताउनुभयो । ‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’ वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आउनुभएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’

एमसीसीको समस्या समाधान हुने उहाँले वताउनुभयो । नेपालको विकासमा चिनको ठुलो सहयोग रहने समेत गृहमन्त्री थापाले वताउनुभयो । भारतसंगको छलफलबाट दुईदेशविचको सिमा समस्या समाधान हुने उहाँले वताउनुभयो । अहिले मुलुकमा पर्यटनले विकास र समृद्धीको आधार वनाएको वताउनुभयो । सरकारले यो वर्ष २० लाख पर्यटक भित्रयाएरनै छाड्ने वताउनुभयो ।

यो वर्षलाई विकासको आधार वर्षका रुपमा अगाडी वढाइनुपर्ने उहाँले वताउनुभयो । सरकारको दुईवर्षको कार्यकालमा निर्यात वडी र आयात कम भएको दावि गर्नुभयो । जनताको जिउ, धनको सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको वताउनुभयो । शान्तिसुरक्षाको अवस्था अहिले राम्रै रहेको उहाँले वताउनुभयो । आगामी दिनमा सुरक्षा मजवुद वनाउनका लागि यो कार्यक्रम गरिएको गृहमन्त्री थापाले वताउनुभयो ।

नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताउनुभयो । उहाँले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गर्नुभयो । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उहाँले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताउनुभयो । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उहाँको भनाइ थियो ।

नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्ने मन्त्री थापाले बताउनुभयो । ‘परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक पहल गरिरहेको छ,’ उहाँले भन्नुभयो– ‘सरकारले छिट्टै दुई देशबीच यो विषयमा कूटनीतिक तवरमा वार्ता हुनेछ ।’

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, गृहसचिव महेश्वर न्यौपाने, गृहमन्त्रीका विज्ञसल्लाहकार सुर्य प्रकास सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राध्याक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, ससस्त्र प्रहरीवल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधान विभागका मुख्य अनुसंधान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालय, जंङ्गी अड्डा युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र काकी लगायतकाको सहभागिता रहेको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रमुखहरु, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको लागि समिक्षा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*