साेलुखुम्बुमा उडिरहेकाे हेलिकाेप्टरबाट जस्तापाता खस्याे

जनपत्र
११ फाल्गुन २०७६, आईतवार ०७:११

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका १ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन ।

प्रहरी निरीक्षक ९इन्स्पेक्टर० महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाको जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

घटनाको विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालीका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कमजोरी लुकाउन खोज्नुभयो । टेलिफोन संवादमा उहाँले आफूले घटनाको विषयमा केही पनि जानकारी नभएको भन्दै अन्य कसैको सम्पर्क नम्बर उपलब्ध गराउने बताए पनि लामो समयसम्म अरु कसैको फोन नम्बर उपलब्ध गराउनु भएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*