गोकुल बाँस्कोटाबारे अख्तियारलाई नै छानबिन गर्न दिइने

जनपत्र
११ फाल्गुन २०७६, आईतवार ०७:०८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोबारे छलफल गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अडियो प्रकरणबारे छलफल गरेको हो ।

निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीसको एक कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग ७० करोड कमिसन निकाल्नेगरी बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । तर, यो विषयमा पार्टीले भने छानबिन नगर्ने भएको छ । राजीनामा पछाडि बाँस्कोटाले पार्टी, संसद, अख्तियार र सीआईबीले यो प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका थिए ।

नेकपाले भने अख्तियार लगायत राज्यका अंगबाट छानबिन थालेकाले छुट्टै छानबिन नगर्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*