महाशिवरात्रिका अवसरमा मकवानपुरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो

जनपत्र
९ फाल्गुन २०७६, शुक्रबार ०९:१८

हेटौंडा । महाशिवरात्रिका अवसरमा मकवानपुरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । आज विहानैबाट शिव मन्दिरमा पुजा गर्नेहरुको निकै घुइचो लागेको हो । बिशेषगरी हेटौंडाका विभीन्न स्थानमा रहेका शिव मन्दिरहरुमा पुजा, गर्ने भजन क्रिर्तन गर्नेहरुको भिड लागेको छ । हेटौंडाको पशुपति मन्दिरमा पुजा गर्नेहरुको विहानैबाट भिड लागेको छ ।

हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ।

शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा(आराधना गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*