मकवानपुरमा एक हप्तामै रोकियो ८ जोडी बालविवाह

जनपत्र
८ फाल्गुन २०७६, बिहीबार १९:२३

हेटौंडा । मकवानपुर विभिन्न स्थानका गरेर एक साता अवधिमा ८ जोडीको बाल विवाहमा रोक लगाइएको छ । भिमफेदी गाउँपालिकाका ५ जना बालिका र २ जना बालक र २ जना युवक गरी जम्मा ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका, १ जना बालक र १ जना युवक गरी जम्मा ३ जना, मकवानपुर गढी गाउँपालिकाका १ जना बालिका र हेटौंडा नगरभित्रका २ जना बालिका र १ जना बालक गरी जम्मा ३ जना गरी जम्मा १६ जना अर्थात् ८ जोडीको विवाह रोक्न सफल भइएको सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, सामाजिक विकास मन्त्रालय, सिविन बाल हेल्पलाइन सँगको समन्वय र सहकार्यमा बालिकाहरु उद्धार पश्चात् मनोसामाजिक मनोविमर्श सेवाको लागि बाल हेल्पलाइनको संरक्षण गृहमा रहेका छन् । सुरुमा बालबालिकाहरु आपूmखुशी प्रोम विवाहको लागि घर छोडेर भागेर हिँड्दा परिवारको आपत्ति रहने र जब उद्धार गरिन्छ तब केहीको परिवार पनि बालविवाहलाई नै समर्थन दिने पक्षमा प्रस्तुत हुने गरेकाले यस चुनौतिका बिचमा बालविवाह रोक्न निकै चुनौतिको सामना गर्नुपरेको बाल हेल्पलाइनले बताएको छ ।

जिल्ला र स्थानीय तह बालमैत्री अभियानमा जुटिरहेका बेला समुदायमा यस्ता प्रकृतिका बालविवाह, विद्यालय छाड्ने दर बढ्दो मात्रामा हुनु निकै चुनौतिको कुरा हो, यसको सामना गर्न र व्यवस्थापन गर्न सबै पक्षको साथ र अथक प्रयास अत्यावश्यक रहेको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । सामाजिक विकास मन्त्रालय बालविवाह मुक्त प्रदेश सहजकर्ता पबिना लामाले वागमती प्रदेशलाइ सन २०८० सम्ममा बालविवाह मुक्त प्रदेश बनाउने अभियान थालिएको जानकारी गराउनु भयो ।

यसरी विवाह गर्ने र गर्न प्रयास गर्ने बालिकाहरुको उमेर समूहलाई हेर्दा २ जना बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्षको उमेरका रहेका छन् । भने यी बालिकाहरुसँग विवाह गर्ने वा गर्न प्रयास गर्ने बालकहरु भने ६ जना २० वर्ष मुनिका रहेका छन् भने २ जना २१ र २२ वर्ष उमेरका रहेका छन् । उद्धार गरिएका यी सबै बालिकाहरु विवाह गर्ने ध्येयले घर छोडेर हिँड्नु अघिसम्म विद्यालय निरन्तर गइ आएका बालिकाहरु स्वयम्ले नै बताए ।

हेल्पलाइमा रहेर मनोविमर्श सेवा लिँदै आएका यी बालिकाहरुले अहिले केही पश्चताप महशुश गर्दै यसो भन्छन् “पहिले हतारमा आवेशमा आएर निर्णय लियौँ, बेकार लिएको अनुभव अलिे आएर भयो, हामीले राम्रो काम गरेका रहेनछौँ । अब घरमै बसेर पढाई पुरा गर्छौँ र २० वर्ष पुरा भएपछि मात्रै विहे गर्ने हो ।” केटा केटी दूवै पक्षका अभिभावक र केटाहरुलाई पनि हेल्पलाइनबाट यस विषयप्रति सचेत गराइँदै आइएको हेल्पलाइनकी कार्यक्रम अधिकृत एवम् मनोसामाजिक मनोविमर्शकर्ता सम्झना अधिकारीले बताउनुभयो ।

बालविवाह गर्ने यी जोडीहरु मोबाइल मार्फत कुराकानी हुँदै प्रेमसम्बन्ध बाट विवाहको निर्णय सम्म पुगेको मनोविमर्शका क्रममा खुल्न आएको छ । हेल्पलाइनको सन् २०२० जनवरी देखि हालसम्मको रेकर्ड हेर्दा हेल्पलाइनले जम्मा २२ वटा बालविवाहकै मात्र समस्या सम्बोधन गरेको हेल्पलाइनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*