विश्व सरसफाइ अभियानको टोली हेटौंडा आइपुग्यो

जनपत्र
८ फाल्गुन २०७६, बिहीबार १८:३७

हेटौंडा । विश्व सरसफाई अभियन्ता राजमान मानव र सुशिला महर्जनले महेन्द्रनगरबाट सरसफाई अभियान शुरु गरी हेटौडामा अन्त्य गरेका छन्।

काठमाडौंको किर्तिपुर नगरपालिकाका अभियन्ताद्वय मानव र महर्जनले विश्व सफा गर्ने लक्ष्य सहित सरसफाईका लागि  अभियान सञ्चालन गर्दै आएका छन्। त्यहीँ अभियानका क्रममा १५ जनाको टोलि सहित दोस्रो पटक हेटौडा आएका हुन्। यस अघि पनि उनीहरुले हेटौडामा सरसफाई अभियान सञ्चालन गरेका थिए।

आजीवन फोहर बढार्ने लक्ष्य लिएका उनीहरुले सन् २०८४ सम्म फोहर मुक्त हुने अपेक्षा राखेका छन्। अभियन्ता मानवले भने,‘सफा पनि नगर्ने, फोहर पनि नगर्ने हो भने सन् २०८४ सम्म फोहर मुक्त हुने आशा राखेका छौँ। त्यसका लागि सबै पक्षबाट सहयोग हुने अपेक्षा राखिएको छ।’

हेटौडामा सरसफाई अभियान शुरु गरेका उनीहरुलाई बिहिवार हेटौडा उपमहानगरपालिकाका नगर उप प्रमुख मिना कुमारी लामाले हेटौडाको बुधचोकमा स्वगात गर्नु भएको थियो ।

नगर प्रमुख हरी बहादुर महतले हेटौडा उपमहानगरपालिका सफा र स्वच्छ सहर बनाउन अभियन्ताद्वयको भूमिका महत्वपूर्ण हुने आशा व्यक्त गरे। नगर प्रमुख महतले भने, ‘हेटौडालाइ सफा र स्वच्छ सहर बनाउने लक्ष्य लिएका छौँ, त्यसका लागि वृहत जनचेतना मुलक सरसफाई अभियान सञ्चालन गरिएको छ। यसमा तपाईहरुको सहयोग महत्वपूर्ण छ, उपमहानगरपालिकाले सक्दो सहयोग गर्छ।’

हेटौडा वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपाने, वडा न्। १० का सरसफाई टोलि, वडा न्। ५ का अध्यक्ष राजेश बानिया नगर प्रमुख महत सहित नगर उपप्रमुख मिना लामा, सामाजिक बिकाश महाशाखा हेटौडा उपमहानगरपालिका भैरव बहादुर कुमाल, हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, समाजसेवी ध्रुब भुजेल कार्यक्रम सहभागी भएका थिए।

देशभर शुरु गरिएको अभियानलाई उनीहरुले बंगलादेशसम्म पुगाएका छन्। अभियन्ता मानवले भने, ‘नेपालका सबै ठाउँ पुगेका छौँ, नेपाल बाहिर बढी फोहर हुने बंगलादेशमा अभियान चलाएका छौँ।’ स्थानीय सरकार सहित विद्यार्थी, नागरिक समाज, उद्यमी, व्यवसायी सबैसित समन्वय गरी अभियान सञ्चलन गरिएको छ।

अभियानक अभियन्ता शुशिला महर्जनले सरकारी कार्यालयले कुचिकार राखेर फोहरको समस्या समाधान नहुने भएकाले फोहर फाल्ने बानीमा सुधार ल्याउनु पर्ने महर्जनले बुझेकाले फोहर फाल्ने बानीमा सुधार ल्याउनु पर्ने महर्जनले बताए। उनका अनुसार भने, ‘फालेको फोहर उठाएर समस्या हल हुँदैन, कुचीकारले बढारेर हुँदैन। फोहर फाल्ने बानी सुधार गर्नु पर्छ। छिटै नै जिरो फोहोर कार्यक्रमलाई सबै वडामा सञ्चालन गरिने कार्यक्रम तय गरिएको नगरपालिका वन, वातावारण, फोहर तथा विपद् व्यवस्थापन शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*