बागमती प्रदेशमा निर्माण सुरु गरिएका ४७ प्रहरी चौकी मध्य ७ वटाको काम सकियो

जनपत्र
८ फाल्गुन २०७६, बिहीबार ०८:१०

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभरमा ४७ वटा प्रहरीचौकी भवनहरु निर्माण गर्दै छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले निर्माण सुरु गरेका मध्यमा सात वटा प्रहरीचौकी भवन निर्माणको काम सकिएको छ ।

मन्त्रालयले वितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमागरी करिव दुई अर्व लागतमा निर्माण सुरु गरेका मध्य सातवटा प्रहरी भवन निर्माण भइसकेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिनुभयो । प्रदेशका उपत्यका भन्दा बाहेकका १० वटा जिल्लामा ४७ वटा प्रहरीचौकी निर्माण गर्न सुरु गरिएको छ ।

यसैगरी मन्त्रालयले निर्माण गर्ने शान्तिपार्कका लागि कार्यविधि तयार हुँदै गरेको उहाँले वताउनुभयो । कार्यविधि पास भएपछी काम सुरु गरिने मन्त्रालयको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*