बागमती प्रदेशका मन्त्री दुलालद्वारा हेटौंडाको मानवसेवा आश्रममा खाना खुवाएर जन्मदिन

जनपत्र
७ फाल्गुन २०७६, बुधबार २१:११

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आफ्नो जन्मदिन आज हेटौंडाको मानवसेवा आश्रममा मनाउनुभएको छ । उहाँले मानव सेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाएर आज साँझ आफ्नो जन्मदिन मनाउनुभएको हो ।

आश्रममा रहेका बृद्धबृद्धाहरुमाझ केक काटेर खाना खुवाउँदै जन्मदिन मनाउनुभएको छ । मन्त्री दुलाल आफैले आश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई केक र खाना पस्कीएर दिनुभएको थियो । आश्रममा जन्मदिन मनाउँदै मन्त्री दुलालले भन्नुभयो–‘जन्मदिन कसरी मनाउनुपर्छ भनेर सन्देस प्रभाह गर्नका लागि पनि फरक तरिकाले मनाएको हुँ ।’

मानव सेवा र राष्ट्र सेवामा निरन्तर लाग्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । बागमती प्रदेशभरीमा खुल्ला आकासमुनी कष्टकर जिवन वेतीन गर्नुनपरोस भनेर सरकारले काम गरिरहेको वताउनुभयो । मानव अधिकारको अनुभुती दिलाउनका लागि आफु लाग्ने उहाँले वताउनुभयो । मानव सेवा आश्रमको भौतिक संरचना निर्माण लगाएतका काममा सहयोग गरेको मन्त्री दुलालले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*