प्रदेश सरकार पत्रकारको हितमा काम गरिरहेको छ–मन्त्री जमकट्टेल

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको हितमा काम गरिरहेको बताउनुभएको छ । आज हेटौंडामा राष्ट्रिय समाचार समिति (रासस) को ५९ औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको हितमा काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारले श्रमजीवी पत्रकारहरुको हितको लागि थुप्रै कार्यक्रमहरु बनाएको जानकारी दिनुभयो । महिला र बृद्ध पत्रकारका लागि काम अगाडी सारेको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो–“म आफै श्रमजीवी पत्रकारहरुको निम्ति अन्त्यन्त सचेत छु । र महिले सकेसम्म मेरोे तर्फबाट बनाउने जतिपनि कार्यक्रमहरु हुन्छन् अझ परिमार्जन गर्ने तयारीमा छौ ।” मन्त्री जमकट्टेलले प्रदेश सरकारले पत्रकार कल्याणकारी कोषको स्थापना गर्ने तयारि समेत गरिरहेको बताउनुभयो । पत्रकार कल्याणकारी कोषले पत्रकारहरुलाई हकहित,सुरक्षा तथा विभिन्न सेवा सुविधा दिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य मुनु सिग्देलले सरकारमा वसेकाहरुले प्रसंसामात्र खोज्ने भन्दा पनि आलोचना पनि सुन्नुपर्ने वताउनुभयो । सरकारले गरेका राम्रा कामको उजागर गर्नुपर्ने उहाँले वताउनुभयो । राससले सरकारको पक्षमा मात्र भन्दा पनि आम नागरिकका कुरालाई पनि वढी समेट्नुपर्ने वताउनुभयो ।
राससले आफ्नो ५९ औं वाषिर्कोत्सव कार्यक्रममा मकवानपुरका जिल्ला समाचारदाता रिपेश दाहाललाई सम्मान गरेको छ । उहाँलाई राससले प्रदेशभरबाट उत्कृष्ट घोषणा गर्दै नगद रु १५ हजार सहित सम्मान गरेको हो । वाषिर्कोत्सव कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमगाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम राससका बागमती प्रदेश प्रमुख सुरेश झा को सभादक्ष्यतामा भएको हो ।