बाग्मती गोल्डकप: घरेलु टोली न्यु डाँफेलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार २०:२२

हेटौंडा – जावलाखेल युवा क्लव मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बाग्मती गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज मंगलबार भएको खेलमा घरेलु टोली मकवानपुर जिल्ला लिग बिजेता न्यु डाँफे युवा क्बललाई २–० गोल अन्तरले हराउँर्दै जावलाखेल अन्तिम चार प्रबेश गरेको हो ।

फापरबारी स्थित जनता माविको खेल मैदानमा भएको खेलमा जवालाखेलले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

दुबै गोल जावलाखेलका शुजित बुढाथोकीले गरे । उनले खेलको १४ औँ मिनेटमा पहिलो गोल गर्दै १–० अग्रता दिलाए । त्यसैगरी खेलको २८ औँ मिनेट बुढाथोकीले ब्यक्ति दोस्रो गोल गर्दै टोलीलाई २–० ले जित दिलाए । खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैया प्राप्त गरेका छन् ।

जित निकालेको जावलाखेलमा प्रबेश सेमिफाइनलमा ग¥र्यो भने पराजित मकवानपुर लिग बिजेता न्यु डाँफे प्रतियोगिताबाट बाहिरिएको छ । भोली बुधबार हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबिच खेल हुनेछ । खेल दिउँसो ३ बजे देखि शुरु हुने छ ।

बाग्मती खेलकुद बिकास समितीको आयोजना भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ६ लाख, उपबिजेता हुने टोली नगद ३ लाख शिल्ड र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । प्रतियोगितामा बिधागत उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन १३ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*