माछा प्लानलाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल वनाउने अभियान शुरु

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०८:५१

हेटौडा ५ स्थित मत्स्य विकाश केन्द्र (माछा प्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल वनाउने उदेश्यका साथ हेटौंडामा एक भेला एवं बैठक सम्पन्न भएको छ ।

भेला एवं बैठकले मत्स्य विकाश केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिती, हेटौडा ५ मकवानपुर नामको समिति निर्माण गरी ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा सदस्यहरु क्रमशः सुधीर थापा, शालिकराम पुडासैनी, रामचन्द्र स्याड़वो, केशब शाही, जेन श्रेष्ठ, माधब न्यौपाने, देवी प्रसाद दहाल, वालकृष्ण अधिकारी, देवी प्रसाद गौतम, केशब समर्पण, शिव थापा, पदम वजगाई, दिपेन्द्र ढकाल, हरीगोपाल सापकोटा, भानुभक्त आचार्य,प्रमिला केसी, रामकृष्ण तिमल्सिना, भिषण चौलागाई, शुसील घिमिरे, शुक्रराज लामा, रहेको समिति निर्माण समेत गरेको छ ।

उक्त भेला एवं बैठकले मत्स्य विकाश केन्द्रसंगै जोडिएको जंगल, कान्तिराजपथको दुईतर्फ रही जंगलसम्म जोडिएको पोखरीलाई कान्तिराजपथमा डुङ्गा चल्न सक्ने पुलले जोडी डुंगा चलाउने र आसपासको क्षत्रलाई पर्यटकीए स्थलको रुपमा विकाश गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने र यस क्षत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीए स्थलको रुपमा विकाश गर्ने अभियान आजवाट शुरु भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*